Comments Add Comment

विप्लवलाई प्रतिबन्ध लगाउनु सरकारको गम्भीर भूल : मोहन वैद्य

देशभक्त जनगणतान्त्रिक मोर्चाको सम्मेलन सुरु

२४ चैत, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी अन्तर्गतको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएको र्‍याली भृकुटीमण्डपमा पुगी सभामा परिणत भएको थियो ।

मोर्चाले चैत २४ गते जनआन्दोलन दिवसको अवसर पारेर सभा र प्रदर्शन गरेको हो । प्रदर्शनमा मोर्चाका अध्यक्ष सीपी गजुरेल लगायतका नेताहरु सहभागी भएका थिए ।

सम्मेलनको नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले उद्घाटन गरेका हुन् । कार्यक्रममा वैद्यले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर गम्भीर भूल गरेको दोहोर्‍याए ।

चन्द नेतृत्वको कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहाल प्रचण्डहरु कम्युनिष्ट हुनै नसक्ने तर्क पनि गरे ।

उनले वर्तमान सरकारले देशीविदेशी प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको आरोप पनि लगाए । कम्युनिष्टको नाममा प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको वर्तमान सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको महासचिव बैद्यको भनाइ छ ।

महासचिव वैद्यले वर्तमान सरकारले शोषित पीडित जनताको प्रतिनिधित्व गर्नै नसक्ने दावी पनि गरे ।

हेर्नुहोस् प्रदर्शन र सभाका केही तस्वीर 

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment