Comments Add Comment

कालिमाटीमा भरियाको रहस्यमय मृत्यु

२४ चैत, काठमाडौं । काठमाडौं–१३, कालिमाटीको तरकारी बजारमा एक जना भरियाको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय ती पुरुषको सनाखत हुन सकेको छैन ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनलाई गस्तीमा रहेको प्रहरी टोलीले ३ बजे टंकेश्वर पुलको पेटीमा छट्पटाइरहेको अवस्थामा भेटेको थियो । तत्कालै उनलाई उपचारका लागि वीर अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको बोगटीले बताए ।

उनका अनुसार उनी भेटिनु एक घन्टाअघि गस्ती टोलीले नै अर्का भरिया पनि छट्पटाइरहेको अवस्थामा फेला पारेको थियो । उनको पनि वीर हस्पिटलमै उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरु दुई जनाबीच झगडा हुँदा घटना भएको देखाएको छ ।

‘उनीहरुले एकआपसमा इँटा प्रहार गरेको जस्तो देखिन्छ’, अनुसन्धान अधिकारी भन्छन्, ‘उपचारका क्रममा अर्का व्यक्तिले झगडा भएको बताएका छन् । तर, उनी बोल्न सक्ने अवस्थामा फर्किएपछि मात्रै निर्क्यौल हुन्छ ।’

थप अनुसन्धान भइरहेको बोगटीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment