+
+
Shares

गोरखामा खागोको टोकाइबाट ११ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २४ गते २०:१२

२४ चैत, गोरखा । पालुङटार नगरपालिका–४ छापथोकमा खागोको टोकाइबाट ११ जना घाइते भएका छन् । आइतबारे पूजाका लागि ठाउँ सफा गरिरहेका स्थानीयलाई एक्कासी खागोले टोकेको हो ।

‘पूजाका लागी ठाउँ सफा गरेर आगो बाल्दै रहेछन्, एक्कासी खागो आएर टोक्न थालेछ,’ स्थानीयको भनाइ उदृत गर्दै डिएसपी महेन्द्र नेपालले भने । खागोको टोकाइबाट वनमा घाँस दाउरा गर्न गएका पनि घाइते भएका छन् ।

घाइते हुनेमा ६५ बर्षका वीरबहादुर सुनार, ६२ वर्षका प्रेम सुनार, ६० वर्षका टेकबहादुर सुनार, ५० वर्षकी सीता कुमाल, ३ बर्षकी अप्सना सुनार, १२ बर्षकी एनिया कुमाल र ४४ वर्षका मधु सुनार र १५ वर्षका करिष्मा कुमाल रहेका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल गोरखामा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवन रिफर गरिएको डिएसपी नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?