Comments Add Comment

चेक रिपब्लिकका राजदूतद्वारा काभ्रेमा नवनिर्मित विद्यालय भवनको उद्घाटन

२४ चैत, काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डन–देउपुर नगरपालिका नयाँ गाउँमा रहेको बिन्दबासिनी प्राथमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । चेक रिपब्लिकन संस्था नमस्ते नेपालको सहयोगमा बनेको भूकम्पप्रतिरोधी भवनको नेपालका चेक रिपब्लिकका राजदूत मिलान होभार्काले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरे ।

सो अवसरमा राजदूत होभार्काले बैशाख १२ को विनाशकारी भूकम्पले भत्काएको भवनको पुननिर्माण गरी स्थानीयलाई हस्तान्तरण गर्न पाउँदा निकै खुशी लागेको बताए ।

‘नयाँ भवन निर्माण कार्यमा सहभागी सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु र भविष्यमा पनि चेक रिपब्लिकबाट यस्तै प्रकारको सहयोग जारी राख्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने । तीनकोठे नयाँ भवनको निर्माण स्थानीय रुपमा उपलब्ध माटो, बालुवा, चिप्स, सेतो माटो र सिमेन्टको प्रयोग गरी गरिएको हो ।

यो नविनतम प्रविधिले गर्दा भवनभित्र जाडोमा तातो र गर्मीमा शितल हुने भवन निर्माणमा संलग्न सस्टेनेबल फ्युचर नेपालका नारायण आचार्यले बताए । ‘नेदरल्यान्ड्स र स्विट्जरल्यान्डमा सफल रुपमा प्रयोग भएको यो प्रविधिबाट बनेका भवन सुरक्षित र भूकम्प प्रतिरोधी हुने बताए ।

विभिन्न दाताहरुबाट प्राप्त २८ लाख रुपैयाँबाट नयाँ भवन निर्माण गरिएको नमस्ते नेपालका अध्यक्ष टोमस बेनेरेकले जानकारी गराए । भवनको डिजाइन र निर्माण याना सेरासहितको चेक रिपब्लिकन स्वंयसेवी टोली र स्थानीयको सहयोगबाट भएको उनले बताए ।

सो समारोहमा पूर्वसंविधान सभा सदस्य कृष्णप्रसाद सापकोटाले भवन निर्माणमा सहयोग पुर्याउने दाता, स्वंयसेवी र स्थानीयलाई सम्मान गर्नुका साथै राजदूत होभार्कालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक सुदर्शन तिमल्सिनाले जानकारी गराए ।

कार्यक्रममा नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवाल, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment