
२४ चैत, काठमाडाै । हुवावेले नेपालका दूरसञ्चार सेवाप्रदायक तथा अन्य सेवाग्राहीहरुका लागि ‘मोबाइल नेपाल कंग्रेस’ आयोजना गरेको छ । कम्पनीले नेपाली सेवाप्रदायकहरुका लागि पछिल्लो प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ ।
नेपालमा सेवा शुरु गरेको २० वर्ष पुगेको उक्त कम्पनीले टेलिकम कम्पनी तथा अन्य व्यावसायिक प्रतिष्ठानहरुलाई सेवा दिइरहेको छ ।
विश्वकै ठूलो सूचना प्रविधि पूर्वाधार कम्पनी हुवावेले पछिल्लो समय विकास गरेका प्रविधिको प्रदर्शनी र सेवाप्रदायकहरुलाई त्यसबारेमा जानकरी दिने उद्देश्यले आयोजना गरेको हो ।
चार दिनसम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन नेपाल टेलिकम, दोस्रो दिन एनसेल र त्यसपछि प्रष्ठिानहरुलाई विस्तृत जानकारी दिने बताएको छ ।
नेपालमा प्रविधिको विस्तारमा पछाडि परेको अवस्थामा द्रुत गतिमा विस्तार गर्न हुवावेले प्रविधिमा सघाउन तयार गरेको सन्देश दिन पनि कार्यक्रम आयोजना गरेको जनाएको छ ।
संसारभर डिजिटल इकनोमी इकोस्टिम विकास भइरहेको र त्यसमा हुवावेले सहकार्य गरेको अनुभव भएकाले डिजिटल नेपालमा पनि सघाउन सदैव तयार रहेको हुवावेका नेपालका लागि प्रमुख कार्यकारी डेनी डेङले बताए ।
नेपालमा इन्टरनेट पहुँच दक्षिण एसियाली औसतभन्दा मूनी रहेको बताउँदै उनले व्यापक वायरलेस प्रविधिको विस्तारको खाँचो रहेको औल्याए ।
‘सरकारले डिजिटल नेपाल अभियानमा हामी सहकार्य गर्न पाउनेमा आशावादी छौं, हामी फोरजी, फाइभजी, एआई,आइओटी, स्मार्ट ग्रिड, स्मार्ट सिटी, क्लाउड कम्प्युटिङका साथ डिजिटल नेपाललाई सघाउन तयार पनि छौं’ उनले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भने ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल सरकारले डिजिटल नेपालको अभियान अघि सारेको र त्यसका लागि तयारीमा रहेको जानकारी दिए । डिजिटल नेपालका लागि आवस्यक पर्ने नीतिगत समस्या समाधानका लागि कानून निर्माण, डिजिटल साक्षरता बृद्धिजस्ता काममा सरकार अहिले लागिरहेको उनको भनाई छ ।
सकारले लिएको लक्ष्य पुरा गर्न आवस्यक पर्ने प्रविधिको साक्षरता बढाउन, द्रुत विकासका लागि नयाँ प्रविधको प्रयोग गर्नुपर्ने र त्यसका लागि हुवावेजस्ता कम्पनी र यस्ता इभेन्ट महत्वपुर्ण हुने उनले बताए ।
प्रतिक्रिया 4