Comments Add Comment

क्रान्तिकारी अध्यक्ष तामाङ भेनेजुएला प्रस्थान, बस्नेत बने कार्यवाहक अध्यक्ष

२५ चैत, काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन भेनेजुएला प्रस्थान गरेका छन् । उनको उनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सुरेन्द्र बस्नेतले पाएका छन् ।

सुरेन्द्र अनेरास्ववियू क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष हुन् । यसअघि क्रान्तिकारीको संस्थापक प्रवक्ता र सचिवको जिम्मेवारी निर्वाह गरिसकेका बस्नेत क्रान्तिकारीको गत राष्ट्रिय सम्मेलनबाट खुल्ला तर्फबाट सबैभन्दा धेरै मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

बस्नेतलाई आजै अध्यक्ष तामाङले कार्यवाहक अध्यक्षको पत्र दिएका छन् ।

क्रान्तिकारी अध्यक्ष तामाङसँगै युवा संघ नेपालका सचिव सन्तोष पौडेल र अनेरास्ववियु प्रवक्ता सुदिप शर्मा पनि भेनेजुएला प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment