+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विपक्षीले सहमति दिए अध्यादेशमार्फत शिक्षा ऐन ल्याउँछु : शिक्षामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २५ गते १८:५९

२५ चैत, काठमाडौं । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले प्रमुख विपक्षी नेपाली कांगेसले सहमति जनाए ‘संघीय शिक्षा ऐन’ अध्यादेशमार्फत ल्याउन आफू तयार रहेको बताएका छन् ।

नेपाल अभिभावक महासंघको कार्यक्रममा मन्त्री पोखरेलले संसदीय प्रक्रियाबाट शिक्षा ऐन ल्याउन ढिलाइ हुने बताए । संसदीय प्रक्रियामा आउँदा दुई महिना लाग्ने भन्दै उनले भने, ”प्रतिपक्ष दल तयार हुन्छ भने म शिक्षा ऐन अध्यादेशबाट ल्याउन तयार छु ।’

राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्मा पेश गर्ने तयारीमा रहेको भन्दै उनले त्यसपछि ऐन बनाउने बताए ।

मन्त्री पोखरेलले उच्चस्तरीय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन चाँडै सार्वजनिक गर्ने समेत बताए । ”ठीक समयमा पढाइ, परीक्षा र परीक्षाफल प्रकाशन गर्नका लागि देशभरि नै एउटै शैक्षिक क्यालेण्डर लागू गरिने छ’ उनले भने,”क्यालेण्डरलाई प्रभावित गर्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?