+
+
Shares

‘दाल भात तरकारी’को कन्सर्ट हेर्न दर्शकको भीड

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २६ गते ११:४०

वैशाख २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को टिम अहिले मोफसल यात्रामा दौडिएको छ । सोमबार बिर्तामोडबाट चलचित्रको कन्सर्ट सुरु भएको छ । बिर्तामोडको कन्सर्टमा दर्शकको उल्लेख्य उपस्थिती थियो ।
कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, शिवहरि पौडेल, विल्सन विक्रम राई सहभागी थिए । यस्तै, गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल पनि यो कन्सर्टमा सहभागी भएका थिए ।
कार्यक्रममा हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेलले दर्शकलाई चलचित्रका साथै विभिन्न संवादले मनोरञ्जन दिएका थिए ।

रामचन्द्र र जुनुले भिजिट भिषामा गाउँदा नायिका आँचल शर्माले नृत्य गरिन् । विर्तामोडबाट निर्माता किरण केसीले भने–‘कन्सर्टमा निकै नै रमाइलो भयो । दर्शकको उत्साहजनक साथले हामीलाई अझै हौसला मिलेको छ ।’ चलचित्रको टिमले पूर्वका विभिन्न शहर र पश्चिमका विभिन्न शहरमा कन्सर्टको आयोजना गर्दैछ । वैशाख ४ गते पोखरामा कन्सर्ट गरेपछि मोफसल यात्रा सकिनेछ ।

सुदन केसीको निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी र सामाजिक कथावस्तुमा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?