Comments Add Comment

भोजपुरी फिल्मको गीतमा नीता ढुंगानाको धमाका

नेपाली फिल्ममा अभिनेत्री नीता ढुंगानाको उपस्थिती पातलिदै गएको अवस्था छ । एकाध फिल्ममा देखिएकी यी ‘सिम्पल कान्छी’ अहिले के गर्दैछिन् ?

उनको प्रशंसकले सोधीखोजी गरिरहेकै होलान् । अतः नीता यतिबेला भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’सँग रोमान्स गरिरहेका छिन् । यो अफस्किन रोमान्स भने होइन ।

भनिहालौं, भोजपुरी फिल्म बिहार क्षेत्रमा बढी लोकप्रिय छ । नेपालको सीमावर्ती क्षेत्रमा समेत भोजपुरी फिल्मको राम्रो प्रभाव छ । नेपाली कलाकारहरु भोजपुरी फिल्ममा अभिनय गर्ने परम्परा चाहि केही बर्षयता बाक्लिदैछ ।

सुपरस्टार दिनेशलालको आगमी फिल्म ‘शेर ए हिन्दुस्तान’ यतिबेला प्रदर्शनको तयारीमा छ । उक्त गीतको एक गीत ‘जलपरी’ भने युट्युबमा सार्वजनिक भएको छ । यही गीतमा हो, नीताले अभिनेता दिनेशलालसँग मस्ती गरेको ।

उक्त गीतको भिडियो अहिले निकै रुचाइएको छ । गीतको भिडियोको कतिपय दृश्य नेपालमा छायांकन गरिएको रहेछ । उक्त गीत गएको मार्च १३ मा अपलोड गरिएको हो । अहिलेसम्म गीतको भिडियो १४ लाख पटक हेरिएको छ ।

फिल्म ‘शेरा ए हिन्दुस्तान’मा अभिनेता दिनेशलाल फरक अवतारमा देखिएका छन् । यो फिल्म देशभक्तीको मर्म जगाउने किसिमको भएको र यसमा प्रेमकथा पनि समावेश भएको बताइन्छ । हिमालयको एक गुफाबाट हिन्दुस्तानमाथि हमला गर्ने भयानक योजनालाई एक हिन्दुस्तानी शेरले कसरी तहसनहस गरिदिन्छ ? फिल्मले यही कथा भन्छ ।

केही बर्षयता भोजपुरी फिल्म निकै लोकपि्रय हुँदै आएको छ । भोजपुरीको पहिलो फिल्म ‘गंगा मैया तोहे पियरी चढइबो’ थियो, जुन सन् १९६१ मा प्रदर्शनमा आएको थियो । भोजपुरीको सबैभन्दा बढी कमाई गर्ने फिल्म चाहि ‘ससुरा बडा पैसा वाला’ हो । यसमा मनोज तिवारीको मूख्य भूमिका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment