Comments Add Comment

पर्दामा सलमान र आलियाको वास्तविक उमेरको प्रेम

अहिले बलिउड चलचित्र ‘इन्शाअल्ला’ चर्चामा छ । सन्जयलीला भन्सालीको निर्देशनमा बन्ने यो चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । यो चलचित्रमा सफल निर्देशक भन्साली र स्टार नायक सलमान खानले १९ वर्षपछि सहकार्य गर्दैछन् ।

लभ स्टोरी चलचित्रमा सलमान र नायिका आलिया भट्टको रोमान्स देखाइने छ । तर, सलमान र आलियाको जोडीलाई लिएर विभिन्न टिप्पणीहरु आइरहेका छन् । सलमानको उमेर र आलियाको उमेर बीचको प्रेम नसुहाउने धेरैले टिप्पणी गरिरहेका छन् । धेरैले आलियालाई पनि यो चलचित्रमा ठुलो उमेरको देखाउने अनुमान पनि गरेका थिए ।

यस्तैमा निर्माण युनिटले उक्त कुराको खुलासा गरेको छ । भारतीय मिडियाका अनुसार चलचित्रमा सलमान र आलियाले आफ्नो वास्तविक उमेर अनुसारको भूमिका नै निर्वाह गर्नेछन् । चलचित्रको विषयबस्तु अनुसार नै उनीहरुलाई चलचित्रमा लिइएको निर्माण युनिटको दावी छ । अन्य कुराहरु बोल्दा कथा खुल्ने डरले निर्माण युनिट मौन बसेको छ । तर, दर्शक सलमान र आलियाको केमेष्ट्री हेर्न आत्तुर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment