Comments Add Comment

‘दराज नववर्ष धमाका’ बुधबारबाट, किनमेलमा ६० प्रतिशतसम्म छुट

२६ चैत्र, काठमाडौं । अनलाइन शपिङको सेवा प्रदायक दराजले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा ‘दराज नववर्ष धमाका’ अभियान ल्याएको छ । आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन यो अफर ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसारस यो अभियान भोलि बुधबारदेखि वैशाख ४ सम्म लागू हुनेछ । नयाँ दराज एपबाट हुने यस ८ दिने सेल्स अभियानद्वारा उपभोक्ताहरुले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डहरुका सर–सामानहरुमा ६० प्रतिशतसम्मको भारी छूट पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उपभोक्ताले यस अफरमा पाँच हजारसम्मको मेगा भाउचरहरु, चार हजारसम्मको क्रेजी भाउचरहरु, क्रेजी फ्ल्यास सेल्स, मिस्ट्री बक्स्र अन्य उपहारहरुको लाभ पनि पाउनेछन् । उपभोक्ताहरुले मिस्ट्री बक्स् खरीद गरी लक्की ड्र मा भाग लिन पाउने छन् ।

जसमा एक भाग्यशाली उपभोक्ताले ३२ इन्चको नयाँ भिडियोकन एन्ड्रोइड स्मार्ट टीभी जित्ने कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ ।
साथै नयाँ वर्षमा घुम्न रुचाउनेहरुका लागि पनि दराजले ईण्डोनेशियाको बाली, पोखरा, चितवन जस्ता अन्य पर्यटकीय गन्तव्यहरुका लागि आकर्षक होलिडे प्याकेजेहरुको व्यवस्था गरेको छ ।

त्यती मात्र नभइ दराजले यस अभियान अन्तर्गत डी मार्ट का समानहरुमा एक हजार र त्यो भन्दा माथिको अर्डर गर्दा निःशुल्क वितरणको व्यवस्था गरेको छ ।

यो अभियानको झन् धेरै मज्जा उठाउन दराजले उपभोक्ताहरुका लागि शेक शेक अभियान पनि यसै चैत्र २५ (एप्रील ८)देखी सुरु गरेको थियो ।

‘दराज शेक शेक’ अभियानअन्तर्गत आकर्षक भाउचरहरु जित्न उपभोक्ताहरुले २५–२९ चैत्र (एप्रील ८ देखी १२) सम्म हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र आफ्नो मोबाइलफोन हल्लाउनु पर्ने हुन्छ ।

दराज नेपालका प्रबन्ध निर्देशक जय कवीले उपभोक्तामाझ नयाँ क्याम्पेन ल्याउन पाउँदा निकै उत्साहित रहेको बताए । दराजको नववर्ष धमाका अभियानबारे प्रष्टाउँदै उनले भने, ‘आगामी वर्षमा आउने हाम्रो अरु क्याम्पेनहरु मध्ये यो पहिलो हो । यस क्याम्पेनद्वारा हामी हाम्रा उपभोक्ताहरुलाई नयाँ वर्ष २०७६ को उपलक्ष्यमा रमाइलो र अनुपम किनमेलको अनुभव प्रदान गर्ने आशा गर्दछौं ।’

दराज नव वर्ष धमाका अभियान अन्तर्गत उपभोक्ताहरुले चुनिएका महिला र पुरुषका फेसन, घरायसी उपकरणहरू, मोबाइल फोनहरू, खाद्य–सामग्रीहरू, जीवनशैली, सौन्दर्य र अरू धेरै सरसामानहरूमा ठूलो छुटको व्यवस्था गरिने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment