+

पोर्टोमाथि लिभरपुलको सहज जित

२०७५ चैत  २७ गते ७:२० २०७५ चैत २७ गते ७:२०
पोर्टोमाथि लिभरपुलको सहज जित

२७ चैत, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा एफसी पोर्टोलाई पराजित गरेको छ ।

आफ्नै मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगलको क्लब पोर्टोलाई २-० गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा नवी केइटा र रोबेर्टो फिरमिन्होले गोल गरे ।

लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको पाँचौ मिनेटमा नै केइटाले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । खेलको सुरुवाती समयदेखि नै दबावमा राखेको लिभरपुलले २६औं मिनेटमा अर्को गोल थप्न सफल भयो । यो पटक भने फिरमिन्होले गोल गरेका थिए ।

पहिलो हाफमा २-० गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा पनि आफ्नो दबावलाई कायमै राखेको थियो । तर गोल गर्न भने सकेन । यता, पोर्टोले पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो खेलेपनि गोल गर्न भने सकेन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय