+
+
Shares

हक्की खेलमा आर्मी र गण्डकी प्रदेश बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते ११:५३

२७, चैत, बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्की खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश बराबरीमा रोकिएका छन् ।

आजदेखि प्रदेश पाँचमा सुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको हक्की खेलमा आर्मीले गण्डकी प्रदेशसँग गोलरहित बराबरी खेलेको हो ।

दुबै टिमले गोल गर्न नसकेपछि १-१ अंक बाँडेका छन् । २८ चैत (बिहीबार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र दुई नम्बर प्रदेश तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्की खेलको सेमिफाइनल खेल वैशाख तीन गते हुनेछ । फाइनल खेल भने ४ बैशाखमा हुनेछ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन खेल भने बैशाख पाँच गते हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?