Comments Add Comment

१२ फिल्मलाई ‘ब्ल्कबस्टर अवार्ड’, ३ पत्रकार सम्मानित हुँदै

यो बर्ष हातमा सजिलै गन्न सकिने चलचित्र मात्र सफल भएका छन् । निर्माता लगानी उठाउन नसकेर धौ धौ परेको अवस्था छ । यसैविच, बक्स अफिस फिल्म क्लब नेपालले यो बर्ष रिलिज भएका १२ चलचित्रलाई ‘ब्लकबस्टर अवार्ड २०७५’बाट सम्मान गर्ने भएको छ ।

बक्स अफिस क्लब नेपालका आर के सुवेदीका अनुसार ‘लिलिबिली, छक्का पन्जा ३, जय भोले, बबी, नाई नभन्नु ल ५, कायरा, इन्टु मिन्टु लण्डनमा, भैरे, रामकहानी, चंगाचेट, प्रसाद, क्याप्टेन’लाई सम्मान प्रदान गर्न लागिएको हो ।
यस्तै, कार्यक्रममा चलचित्र पत्रकारिता गर्दै आएका ३ पत्रकारलाई पनि सम्मानित गर्न लागिएको हो । सम्मानित हुनेमा चलचित्र पत्रकारहरु डब्बु क्षेत्री, लक्ष्मण सुवेदी, सवी कार्कीलाई सम्मानित गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment