Comments Add Comment

सेयर बजारमा सामान्य सुधार, ४१ करोडको कारोबार

२७ चैत, काठमाडौं । मङ्गलबार दोहोरो अंकले गिरावट आएको सेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ विन्दुले बढेर २५३.५८ विन्दुमा पुगेको छ । कूल १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता सेयर रु ४१ करोड चार लाख ९४ हजार ६३२ मा खरीद बिक्री भए ।

कारोवार भएका १० उपसमुहमध्ये जलविद्युत् उपसमूको सेयर भने घटेको छ । जलविद्युत् उपसमूहको शयेर ५.४३ विन्दुले घटेको छ ।  त्यस्तै बैङ्किङ २.९६, होटल ०.२२, विकास बैंङ्क ३.१४, वित्त ३.१७, निर्जीवन बीमा २४.२३, उत्पादन ३.०८, अन्य ६.७३, लघुवित्त २.३६ र जीवनबीमा १२.५९ बिन्दुले बढेको छ ।

स्टकका अनुसार नेपाल कम्युनिटी विकास बैंकका सेयरधनीले ५.०७ प्रतिशतले कमाएका छन् । त्यस्तै फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ३.४७, रिलायन्स फाइनान्स ३.३६, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.१३ र पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीले २.७५ प्रतिशतले कमाएका छन् ।

त्यसैगरी उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ५.५५ प्रतिशतले गुमाए । घलेम्दी हाइड्रो पावर ४.७०, सिन्धु विकास बैंक ३.७०, तारागाउँ रिजेन्सी होटल ३.३६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.०४ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment