Comments Add Comment

सेयर बजारमा सामान्य गिरावट, ३९ करोड बढीको कारोबार

२८ चैत, काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने सेयरको मूल्यमा सामान्य बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.५९ बिन्दुले घटेर एक हजार १८४.०२ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ बिन्दुले बढेर २५३.६४ बिन्दुमा पुगेको छ । कूल १७० कम्पनीका १२ लाख ५१ हजार २४१ कित्ता सेयर रु ३९ करोड ६४ लाख २१ हजार ५०१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज चार उपसमूहको सेयर भने ओरालो लागेको छ भने छ उपसमूहको सेयर भने बढेको छ । होटल ११.४८, वित्त ३.४२, उत्पादन ३१.८५ र अन्य उपसमूह ३.०३ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ०.५५, विकास बैंक १.२९, जलविद्युत् ०.३८, निर्जीवन बीमा ५.७२, लघुवित्त ०.०३, जीवन बीमा ९.१३ बिन्दुले बढेको छ । कारोवारका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ ।

सो बैंकको रु तीन करोड ६३ लाख नौ हजार २१७, एनएमबी बैंक रु तीन करोड सात लाख आठ हजार ५८४, एनआइसि एशिया बैंक रु दुई करोड ५६ लाख ४७ हजार ३८४, नेपाल बैंक लिमिटेड रु एक करोड ५८ लाख एक हजार ११० र प्रभु बैंक रु एक करोड ४२ लाख ९२ हजार ८६ मूल्य बराबरको सेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज एभरेष्ट इन्स्योरेन्स कम्पनीका सेयरधनीले ९.९२ प्रतिशतले कमाए । यस्तै एनएजी इन्स्योरेन्स कम्पनी ४.८८, सगरमाथा इन्स्योरेन्स ३.०१, मितेर डेभलपमेन्ट बैंकका सेयरधनीले २.९८ प्रतिशतले कमाए ।

यस्तै घलेम्दी हाइड्रोपावरका सेयरधनीले ८.६४ प्रतिशतले गुमाए । जानकी फाइनान्स ४.६२, युनिलिभर नेपाल लिमिटेड ३.९५, भागर्व विकास बैंक ३.४८ र युनाइटेड फाइनान्सका सेयरधनीले ३.४६ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment