+

मेयर कपको उपाधि आरसीटीलाई

२०७५ चैत  २८ गते १९:२७ २०७५ चैत २८ गते १९:२७
मेयर कपको उपाधि आरसीटीलाई

२८ चैत, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सदरमुकाम चौतारामा जारी दोस्रो मेयर कप फुटबलको उपाधि अन्नपुर्ण क्लब (आरसीटी) ले जितेको छ ।

सदरमुकाम चौतारा स्थित टुँडिखेलमा भएको फाइनल भिडन्तमा आरसीटीले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै उपाधिसहित ५ लाख ५ हजार रुपैयाँ पाएको हो । उपविजेता त्रिभुवन आर्मीले २ लाख ५ हजार रुपैयाँ पायो ।

खेलको ३३ औं आरसीटीले पाएको फ्रि किकमा अजित गुरुङले गरेको गोल नै निर्णायाक बन्यो । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता हुँदै २० हजार रुपैयाँ पुरस्कार पाए । युथ राइजिङ खेलाडीको उपाधि चौतारा युथ टिमका सञ्जय विष्टले पाए ।

बिजेता टिमलाई सुकुटेमा सञ्चालित माया बीच रिसोर्टको प्रायोजनामा एक रात बासको प्याकेजसहित सुनकोशी नदीमा र्‍याफ्टिङको व्यवस्था पनि गरिएको आयोजक तोप २१ का अध्यक्ष अशोक कार्कीले जानकारी दिए ।

चैत १५ देखि सुरु भएको प्रतियोगितामा ए डिभिजनका क्लबसहित विभिन्न जिल्लाका गरी १२ टिमको सहभागिता रहेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय