Comments Add Comment

आठौं राष्ट्रिय खेलकुद : टेबलटेनिसमा प्रहरीलाई दुई स्वर्ण

२९ चैत, काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिस खेलमा नेपाल पुलिस क्लबले दुई स्वर्ण पदक जितेको छ ।

पुलिसले महिला टिम इभेन्ट्स र डबल्समा स्वर्ण पदक जितेको हो । टिम इभेन्ट्समा पुलिसले विभागीय टोली एपीएफलाई ३-१ को सेटमा पराजित गर्‍यो । प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३-१ ले परारिजत गरिन् ।

दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले एपीएफकी अनिता महर्जनलाई ३-० तथा सेलिशा खड्गीलाई ३-१ ले हराइन् । सिंगल्समा भने एपीएफकी सिक्का सुवालले प्रहरीकी मन्जु सुवालमाथि ३-१ को जित दर्ता गरिन् । आर्मी र प्रदेश ३ संयुक्त रुपमा तेस्रो भए ।

दाङको घोराही कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला डबल्सको फाइनलमा प्रहरीका भाउजु नविता र नन्द एलिनाको जोडीले आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११-८, ११-७ र ११-८ को सोझो सेटमा पाखा लगाए । प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एपीएफका सेलिशा खड्गी र सिक्का सुवालको जोडी तेस्रो बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment