Comments Add Comment

सलिन र मलिकाको ‘यात्रा’ रिलिज

आज शुक्रबारदेखि चलचित्र ‘यात्रा’ नेपालभरका हलमा रिलिज भएको छ । सम्राट शाक्यको निर्देशनमा तयार भएको यो चलचित्रलाई देशभरका अधिकांश हलमा रिलिज गरिएको छ । सुशिल पोखरेलको निर्माणमा तयार भएको चलचित्रलाई केशव भट्टराइले प्रस्तुत गरेका हुन् । चलचित्रमा सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, रेअर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र ‘ए मेरो हजुर २’बाट उदाएका नायक सलिनमान बनियाँको दोश्रो चलचित्र भएका कारण पनि यो चलचित्र प्रतिक्षित छ । साथमा, चलचित्रमा नव–नायिका मलिका महत्तको काम हेर्न पनि दर्शक आतुर छन् । सामाजिक कथावस्तुलाई व्यवसायिक रुपमा उठान गरिएको यो चलचित्र बर्षकै प्रतिक्षित चलचित्र हो ।

नायक–नायिकाको रोमान्स मात्र नभएर चलचित्रले सामाजिक कामका लागि यूवाहरुले हात अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment