Comments Add Comment

आईपीएल : अन्तिम ओभरको रोमाञ्चकता र धोनीको उग्रता

२९ चैत, काठमाडौं । भारतीय क्रिकेटमा ‘क्याप्टेन कुल’ भनेर चिनने महेन्द्र सिंह धोनीले जारी आईपीएलमा उत्तेजक व्यवहार देखाएका छन् । आफ्नो टिम व्याटिङमा रहँदा उनले अनधिकृत रुपमा मैदानभित्रै पसेर अम्पायरको निर्णयमा हस्ताक्षेप गरे ।

चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीचको म्याचमा धोनीको उग्र रुप देखिएको हो । अन्तिम ओभरमा खेल रोमाञ्चक मोडमा पुगेको थियो । चेन्नईलाई जितका लागि १८ रन चाहिएको थियो । क्रिजमा धोनीलाई रवीन्द्र जडेजाले साथ दिइरहेका थिए ।

बेन स्टोक्सले फालेको पहिलो बलमै जडेजाले छक्का प्रहार गरे । दोस्रो बल नो बल भयो जसमा जडेजाले एक रन जोडे । त्यसपछि धोनी स्ट्राइकमा आए । चाहिएको थियो पाँच बलमा १० रन । फ्रि हिट बलमा धोनीले २ रन मात्र लिन सके । अब चाहियो ४ बलमा ८ रन । तर, तेस्रो बलमा धोनीलाई स्टोक्सले बोल्ड गरे । खेल फेरि राजस्थानको पक्षमा मोडियो ।

अब तीन बलमा ८ रन चाहियो । स्ट्राइकमा आए नयाँ ब्याट्सम्यान मिचल स्टनर । चौथो बलमा स्टोक्सले निकै माथिबाट बल फ्याँके । स्टम्पपछाडि बसेका अम्पायरले हात उठाएर नो बल दिइसके पनि लेग अम्पायरले नो बल नभएको इशारा गरे । त्यसपछि तनाव सिर्जना भयो ।

यत्तिकैमा मैदानबाहिरबाट धोनी भित्र पसे । उनले अम्पायरहरुलाई दवाव दिन खोजे । तर, अम्पायर निर्णयबाट पछि हटेनन् । उक्त बलमा स्टनरले दौडेर दुई रन लिइसकेका थिए । पाचौं बलमा पनि स्टनरले दुई रन बटुल्न सफल भए । अब अन्तिम बलमा ४ रन आवश्यक पर्‍यो ।

स्टोकले अत्तालिएर फ्याकेको बल अम्पायरले वाइड दिए । जितका लागि अन्तिम बलमा ३ रन चाहियो । स्टोक्सले अफसाइडमा फ्याकेको बललाई स्टनरले हावामा उडाए र छक्का भयो । चेन्नईले म्याच जित्यो

यो जितसँगै चेन्नई अंक तालिकामा शिर्ष स्थानमा कायम रहन सफल भएको छ । तर, कप्तान धोनीको छवि भने बिग्रिएको छ ।

म्यान अफ द म्याच भएका धोनीलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा ५० प्रतिशत म्याच फी जरिवाना गराइएको छ । तर, उनको व्यवहारले यो भन्दा निकै कडा सजायको माग गर्ने क्रिकेट विश्लेषकहरु बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment