+

राजस्थानमाथि चेन्नाईको रोमाञ्चक जित

२०७५ चैत  २९ गते ६:२० २०७५ चैत २९ गते ६:२०
राजस्थानमाथि चेन्नाईको रोमाञ्चक जित

२९ चैत, काठमाडौं । चेन्नाई सुपर किंग्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित हात पारेको छ ।

बिहीबार राति भएको खेलमा चेन्नाईले राजस्थान रोयल्सलाई उसैको घरेलु मैदानमा चार विकेटले पराजित गरेको हो । १५२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

कुनै बेला हारको नजिक पुगेको चेन्नाईका लागि कप्तान मेहन्द्रसिंह धोनी र आम्बती रायडुले पाँचौ विकेटका लागि ९५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । चेन्नाईको २४ रन हुँदा चार विकेट पतन भइसकेको थियो । कप्तान धोनीले ४३ बलमा ५८ रन बनाएर आउट भए । त्यस्तै, रायडुले ५७ रन बनाएका थिए ।

बलिङतर्फ बेन स्टोक्सले दुई विकेट लिए ।

यसअघि घरेलु टोली राजस्थानले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५१ रन बनाएको थियो । राजस्थानका लागि बेन स्टोक्सले २८, जस बटलरले २३ र श्रेयस गोपालले अविजित १९ रन बनाएका थिए ।

शीर्ष स्थानमा रहेको चेन्नाईले सात खेलबाट ६ खेलमा जित, एक खेलमा पराजित हुँदै १२ अंक बनाएको छ । राजस्थानको भने ६ खेलबाट एक खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै अंक तालिकाको सातौं स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय