Comments Add Comment

रुविनासँगै नेरी, सीता, इन्दु र सरिता बने मार्की प्लेयर

२९ चैत, काठमाडौं । महिला च्याम्पियन्स लिग क्रिकेटको टिम र मार्की खेलाडी सार्वजनिक भएको छ ।

आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले शुक्रबार पत्रकार सम्मेलन गरी पाँच टिम र मार्की खेलाडी सार्वजनिक गरेको हो । जेठ ३ गतेबाट ११ गतेसम्म टियु क्रिकेट मैदानमा हुने लिगमा क्यापिटल रोयल्स काठमाडौं, ललितपुर फाल्कोन्स, विराटनगर टाइटन्स, पोखरा पल्टन र चितवन राइनोज छन् ।

पाँचै टिमका मार्की खेलाडी पनि टिमसँगै घोषणा गरिएको हो । क्यापिटल रोयल्स काठमाडौंको मार्की खेलाडीमा रुविना क्षेत्री रहेकी छिन् । त्यस्तै, ललितपुरको मार्की खेलाडीमा नेरी थापा रहेकी छिन् भने पोखराको मार्की खेलाडी सीता राना मगर रहेकी छिन् । त्यस्तै, चितवनको मार्की खेलाडीमा इन्दु बर्मा र विराटनगरको मार्की खेलाडी सरिता मगर छिन् ।

प्रतियोगिताका लागि खेलाडी दर्ता केही दिनमा जारी गर्ने क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए । त्यस्तै, अक्सन वा ड्राफ्टबाट खेलाडीलाई टिमले अनुबन्धित गर्ने पनि उनले जानकारी दिए ।

खेलाडी अक्सन वा ड्राफ्ट बैशाख दोस्रो सातादेखि तेस्रो साताभित्र भइसक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment