Comments Add Comment

मेस्सी र स्वारेजविना बार्सिलोनाले जित्न सकेन

हुएस्कासँग बराबरीमा रोकियो

१ वैशाख, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा कमजोर मानिएको हुएस्कासँग बराबरी खेलेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कासँग उसैको मैदानमा गोलरहित बराबरी खेलको हो । हुएस्काविरुद्धको खेलमा बार्सिलोनाले दुई स्टार फरवार्ड कप्तान लियोनल मेस्सी र लुइस स्वारेजलाई विश्राम दिइएको थियो ।

विशेषगरी च्याम्पियन्स लिगमा केन्दि्रत भएको बार्सिलोनाले आफ्ना अधिकांश पहिलो राजाइका खेलाडीलाई विश्राम दिएको थियो । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा बार्सिलोनाले बराबरीमा खेल टुंग्याएको हो ।

अर्को खेलमा भने एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २-० गोलअन्तरले पराजित गरेको छ । स्पानियोलले अलभेसलाई २-१ गोलअन्तरले पराजित गर्दा सेभियाले रियल बेटिसलाई ३-२ गोलअन्तरले पराजित गरेको छ ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३२ खेलबाट ७४ अंक छ । यता, दोस्रो स्थानमा रहेको एट्लेटिको मडि्रडको ६५ अंक हुदा तेस्रो स्थानमा रहेको रियल मडि्रडको ३१ खेलबाट ६० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment