Comments Add Comment

वेष्टहृयाममाथि म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

Photo Credit : प्रिमियर लिग

१ वैशाख, काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राती आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेष्टहृयामलाई २-१ गोलअन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा पाउल पोग्बाले दुबै गोल गरेका थिए । वेष्टहृयामका लागि भने फिलिपे एन्डरसनले गोल फर्काएका थिए ।

१९ औं मिनेटमा नै पोग्बाले पेनाल्टीबाट गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । उनकै गोलमा म्यानचेसटर युनाइटेडले वेष्टहृयाममाथि पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । तर खेलको ४९औं मिनेटमा एन्डरसनले गोल गर्दै वेष्टहृयामलाई १-१ गोलको स्थितिमा ल्याए ।

खेलको ८० औं मिनेटमा म्यानचेस्टर युनाइटेडले फेरी पेनाल्टी पायो । यो पटक पनि पोग्बाले नै पेनाल्टीबाट गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २-१ गोलको जित दिलाए ।

जितसँगै पाँचौ स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६४ अंक भएको छ । पराजित वेष्टहृयामको भने समान खेलबाट ४२ अंक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment