+
+

दुई अखिलले सुरु गरे ‘म बनाउँछु मेरो विद्यालय’ अभियान

नयाँ वर्षबाट सार्वजनिक विद्यालय सुधार अभियान सुरु, प्रदेश २ प्राथमिकतामा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १ गते १०:००

१ वैशाख, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी )ले ‘सार्वजनिक विद्यालय सुधार अभियान -२०७६’ सञ्चालनको घोषणा गरेका छन् ।

‘म बनाउँछु मेरो विद्यालय, हामी बनाउँछौं हाम्रो विद्यालय’ भन्ने स्वघोषणा गरेर संगठनको सिंगो पंक्ति सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने निर्णय गरिएको अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यो अभियानमा दुवै संगठनका केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै तल्लो तहसम्मको सम्पूर्ण पंक्ति परिचालित हुनेछन् ।

निर्णयपछि अनेरास्ववियू (क्रान्तिकारी ) का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेत र अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय जाने उमेर समूहका हजारौं विद्यार्थीहरु अहिले पनि विद्यालय जान नसकेको यथार्थलाई दृष्टिगत गरी गत वर्षबाट शुरु भएको राष्ट्रिय भर्ना अभियानलाई सफल बनाउन  दुवै संगठनको सिंगो केन्द्र, प्रदेश, जिल्ला र मातहतका सबै कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाई परिचालन गर्ने निर्णय गरियो ।’

विद्यालय जाने उमेरका सबैभन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेको प्रदेश नं. २ मा अभियानलाई प्राथमिकता दिइने छ । अनेरास्ववियुकी  सचिव आरती लामा र अनेरास्ववियू (क्रान्तिकारी) का सचिव सुर्यनारायण साहको नेतृत्वमा विशेष कमाण्ड बनाएर प्रदेश २ का सबै जिल्ला र स्थानीय तहमा टोली परिचालन गर्ने बस्नेतले जानकारी दिए ।

अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले शिक्षामा कुल बजेटको २० प्रतिशत बजेट छुट्याउन पनि सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?