Comments Add Comment

नेपालगञ्ज रंगशालामा भीआईपी प्याराफिटको काम अन्तिम चरणमा

२ वैशाख, काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालाको भीआईपी प्याराफिटको काम अन्तिम चरणमा पुगेको छ ।

अहिले भीआईपी प्याराफिटमा कुर्सी हाल्ने काम भइरहेको छ । भीआईपी प्यारापिटको छानो हाल्ने काम सकिएसँगै कुर्सी जडान गर्नु सुरु गरिएको हो । केही आज र भोलिमा कुर्सी हालेर सकिनेछ ।

नेपालगञ्ज रंगशालाको निर्माण कार्य समयमै सम्पन्न नहुँदा अहिलेसम्म उद्घाटन भने भएको छैन । तर आठौं राष्ट्रिय खेलकुदका केही खेलहरु भने चैत २७ गतेदेखि नै सुरु भएको हो । भौतिक संरचना निर्माण नभएकै कारण आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पटक पटक सकेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वैशाखमा उद्घाटन गर्ने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन भने ११ गते प्रधानमन्त्री केपी ओलीले गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment