Comments Add Comment

नेपालले मलेसियालाई ९२ रनमा समेट्यो

२ बैशाख, काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा मलेसियाले नेपाललाई ९३ रनको विजय लक्ष्य दिएको छ ।

आयोजक मलेसियाविरुद्ध बायोमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । त्यसपछि ब्याटिङ गरेको मलेसिया ३३.५ ओभरमा ९२ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्ल र पवन शर्राफले समान ३-३ विकेट लिए । कमल सिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए ।

शून्य रनमै मलेसियाको विकेट पतन

नेपालको सुरुवात राम्रो थियो । कमलले पहिलो ओभरको तेस्रो बलमै विकेट लिएका थिए । त्यसपछि उनले नै ४.२ ओभरमा दोस्रो विकेट लिए । कमलको हातबाट अस्लम खान र वान अमिरुल भए ।

इजात डेनियलले ३७ रन बनाए । त्यस्तै, कप्तान मोहम्मद अमिरले १३ रन बनाउँदा हकिम हरिसानले १० रन बनाए । अन्य ब्याट्सम्यान भने नेपाली बलरसामु टिक्न सकेनन् ।

पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाललाई दोस्रो खेलमा भने वर्षा बाधक बनेपछि यूएईसँग डिएल मेथोडमा एक रनले पराजित भएको थियो ।

अर्को खेलमा कुबेतमाथि यूएईको फराकिलो जित

अर्को खेलमा यूएईले कुबेतविरुद्ध सात विकेटले जित हात पारी सकेको छ । ५७ रनको सामान्य चुनौती पाएको यूएईले ८ ओभरमै तीन विकेटको क्षतिमा खेल आफ्नो पक्षमा पारेको हो ।

यूएईले कुबेतलाई फराकिलो अन्तरले पराजित गरेसँगै नेपालको विश्वकप पुग्ने यात्रा झनै कठिन बनेको छ ।

विश्वकपमा छनोट हुनका लागि अब नेपालले बाँकी सबै खेल जितेर मात्रै हुँदैन । युएईले पनि कुनै एक खेल हार्नु पर्ने हुन्छ । तर अन्य टिम कमजोर भएका कारण यूएई हार्ने सम्भावना निकै कम छ । जसले गर्दा विश्वकपमा पुग्ने नेपालको सम्भावना निकै कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment