Comments Add Comment

दिल्लीले हरायो हैदरावादलाई, उक्लियो दोस्रो स्थानमा

Photo Credit : आईपीएल

२ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

हैदरावादलाई उसैको मैदानमा आइतबार राति ३९ रनले पराजित गरेको हो । दिल्लीले दिएको १५६ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाउन सक्यो ।

हैदरावादका लागि दुई जना खेलाडीले मात्रै दोहोरो अंक बनाए । ओपनर डेभिड वार्नरले अर्धशतक बनाए । उनले ५१ रन बनाएर आउट भए । त्यस्तै, जोनी ब्रेस्ट्ओले ४१ रन बनाएका थिए । बाँकी खेलाडीले भने दोहोरो अंक पनि जोड्न सकेनन् ।

हैदरावादको पारी धरापमा पार्नका लागि कागिसो रबडाले चार विकेट लिँदा क्रिस मोरिस र किमो पाउलले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५५ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस य्यरले ४५ रन बनाउँदा कोलिन मुनरोले ४० रन बनाए ।

जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । आठ खेलबाट पाँच खेलमा जित र तीन खेलमा हार ब्यहोरेको दिल्लीको १० अंक भएको छ । लिगको शीर्ष स्थानमा भने चेन्नाई सुपर किंग्स छ । चेन्नईको ८ खेलबाट १४ अंक छ । पराजित हैदरावाद भने सात खेलबाट ६ अंक मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment