Comments Add Comment

जब बडिगार्डसहित सलिनमान हल पुगे….

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘यात्रा’ले राम्रो व्यापार गरिरहेको छ । चलचित्रले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको निर्माता सुशिल पोखरेलले जानकारी दिए । आइतबार भने चलचित्रको टिमले काठमाण्डौका केही हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेको छ । आइतबार काठमाण्डौको गोपीकृष्ण मुभिजमा नायक सलिनमान बनियाँ, नायिका मलिका महत्त, कलाकार सलोन बस्नेत लगायतको टिम पुगेको थियो ।

चलचित्र हेर्न हलमा पुगेका दर्शकले सलिनलाई भेट्दा हुटिङ गरे । सलिनले पनि दर्शकलाई गुलाबको फूल दिदै माया दर्शाएका थिए । सम्राट शाक्यको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई दर्शकले मन पराएका छन् । चलचित्र लामो समयसम्म चल्ने आशा निर्माता पोखरेलको छ ।

यस्तै, चलचित्रको टिम काठमाण्डौको अष्टनारायण हलमा पनि पुगेको थियो । दर्शकले चलचित्रलाई माया दिएको भन्दै धन्यवाद दिन हलमा पुगेको निर्माता पोखरेलले जानकारी दिए ।  नायक सलिनमान बनियाँ ४ जना बडिगार्डको सुरक्षा घेरामा हल पुगेका थिए । यो चलचित्रबाट सलिनको कामको पनि प्रशंसा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment