Comments Add Comment

हावाहुरी पीडितका लागि स्वीट्जरल्याण्डबाट साढे ३ लाख सहयोग

जुरिच । बारा र पर्साका हावाहुरी पीडितका लागि स्वीट्जरल्याण्डबाट ३ लाख ६० हजार रुपैयाँ (३ हजार २ सय ८८ स्वीस फ्रान्क) सहयोग संकलन भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको सहयोग अभियानमा राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डले पनि साथ दिदै उक्त रकम संकलन गरेको हो ।

संघले एक भाइबर ग्रुप (हाम्रो स्वीस चौतारी) मार्फत स्वीट्जरल्याण्डमा बसोबास गर्ने नेपालीहरुबाट उक्त रकम संकलन गरेको हो ।

बारा र पर्सामा हावाहुरी आएपछि पीडितको सहयोगको लागि संघका अध्यक्ष भूमिराज गुरुङले एक भाईबर ग्रुप ‘हाम्रो स्वीस चौतारी’ मार्फत स्वीस निवासी नेपालीहरुलाई सहयोगको अपिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment