+
+
Shares

ओप्पो ‘एफ११ प्रो’ : फ्रन्टमा १६ एमपीको राइजिङ क्यामरा, रियर ४८ एमपी

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २ गते १७:४०

२ बैशाख, काठमाडाैं । ओप्पोका एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको स्मार्टफोन, ‘एफ११ प्रो’मा नयाँ क्यामरा प्रणालीको प्रयोग गरेको कम्पनीले जनाएको छ ।

यस प्रणाली अन्तर्गत फोनको अगाडि राइजिङ क्यामरा र रियर क्यामराको रुपमा ४८ एमपी क्षमताको क्यामरा उपलब्ध गराइएको छ ।

एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फङ्सनका साथै फोनमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइन र पानारोमिक स्क्रिन पनि रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार स्मार्टफोनको डिजाइन अनुकूलन गरी फोनको माथिल्लो मध्य भागमा १६एमपी फ्रण्ट क्यामरा जडान गरिएको छ । आवश्यकता अनुसार राइज हुने (निस्कने) र प्राकृतिक देखिने सेल्फी लिन सघाउने यो राईजिङ क्यामराले फोनको बेजल घटाउन सघाएको छ ।

१६एमपी फ्रण्ट क्यामरा लुकाउन सघाउने, स्लाइडिङ प्रणाली राखिएको यो प्रविधिले नोइजलाई विस्थापन गर्न सघाएको कम्पनीले जनाएको छ ।

यसको पारदर्शी डिजाइनले सटिक टच दिने र फोनको पानारोमिक स्क्रिन डिजाइनले फ्रण्ट क्यामरा लुकाएर फोनलाई नोइज लेस बनाउनुका साथै फूल स्क्रिन अनुभव दिने कम्पनीले जानकारी दिएको छ।

परम्परागत मोबाइलसंग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य खिच्ने समेत कम्पनीको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?