Comments Add Comment

आलिसान बंगला छाडेर किन भाडाको घरमा बस्दैछन् अजय र काजोल ?

बलिउड नायक अजय देवगण र नायिका काजोल धनाढ्य छन् । उनीहरुसँग करोडौको सम्पत्ती छ । घर पनि कुनै दरवार भन्दा कम छैन । उनीहरु आलिसान जीवन व्यतित गरिरहेका छन् । तर, अजय र काजोल अहिले आफ्नो दरवार जस्तो घर छोडेर भाडाको घरमा बस्दै आएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनीहरु लामो समयदेखि भाडाको घरमा बस्दै आएका छन् । उनीहरु आफ्नो घरको पुर्नसंरचना गर्नका लागि बाहिर भाडामा बस्दै आएका हुन् । घरको पुर्नसंरचना गर्न २ वर्षको समय लाग्ने भएपछि उनीहरु भाडामा बस्न बाध्य भएका हुन् ।

उनीहरु आफ्नो घर छेउमा नै भाडामा बसिरहेका छन् । आफ्नो घर छोडेर टाढा जाने मन नभएपछि उनीहरु नजिकै भाडामा बसिरहेका छन् । आफ्नो घरको काम सकिए लगत्तै उनीहरु आफ्नै घरमा सिफ्ट हुनेछन् । बलिउडमा अहिले कलाकारले आफ्नो घरलाई निकै नै भव्य बनाउने र त्यही अनुसारको सजावट गर्ने काम पनि गरिरहेका छन् । अजय र काजोललाई पनि सोही सोच पलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment