
२ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले विभिन्न देशको मुद्रासहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोल्याण्डका म्याक्समिलियन वेग्लोक्सी र जाकुब स्टेकी छन् ।
विशेष सूचनाको आधारमा सोमबार बिहान चेकजाँच गर्दा वेग्लोक्सीको ब्यागभित्र अमेरिकी डलर १०० दरको १३६ वटाले जम्मा १३ हजार ५ सय मात्र, युरो २०० दरको ३ वटा, १०० दरको १० थान र ५० दरको ७२ वटा गरी ५ हजार २ सय युरो र नेपाली एक हजार दरको ५८ थान गरी ५८ हजार रुपैयाँ बरामद भएको हो ।
जाकुबको व्यागभित्र भने अमेरिकी डलर एक सय दरको ५९ थान र ५० दरको ४ थान गरी ६ हजार एक सय, युरो ५० दरको एक सय थान गरी ५ हजार युरो भेटिएको थियो ।
कतार एयरवेजको उडान नं. क्यूआर६४५बाट काठमाडौंबाट दोहा जान लागेका वेला उनीहरुलाई पक्राउ गरिएको विमानस्थल प्रहरीका एसपी कृष्ण कोइरालाले बताए ।
उनीहरुमाथि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनसन्धान विभाग, हरिहभवन, पुल्चोक पठाएको उनको भनाइ छ ।
प्रतिक्रिया 4