Comments Add Comment

फ्रान्सको ८५० वर्ष पुरानो चर्चमा भीषण आगलागी

३ वैशाख, काठमाडौं । फ्रान्सको पेरिसस्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ । चर्चमा नेपाली समयअनुसार सोमबार राति आगलागी भएको हो ।

आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगोले चर्चको माथिल्लो भाग खरानी बनाएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दुई बेल टावर भने सुरक्षित रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । बीबीसीका अनुसार चर्चका थप कला कृति क्षति हुन नदिन अग्निनियन्त्रकहरु खटिइरहेका छन् । यद्यपि, नियन्त्रणको प्रयास सफल भएको छैन ।

फ्रान्सको इतिहास र सभ्यता बोकेको चर्चमा कसरी आगो फैलियो भन्ने खुलेको छैन । यद्यपि, जीर्णोदारको काम भइरहेकाले यसको सम्बन्ध आगलागीसँग  हुनसक्ने अनुमान गरिएका छन् ।

पेरिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालेको बताएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलेफ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई भयानक विपद भनेका छन् । म्याक्रोनले इतिहासमा क्षति पुगेकाे भन्दै आगलागीप्रति दुःख व्यक्त गरे । उनले फ्रान्सेलीहरुले हातेमालो गरेर चर्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएका छन् ।

‘यो चर्च हाम्रो इतिहास हो । यसलाई हामी सबै फ्रान्सेली मिलेर पुरानै अवस्थामा पुर्याउने छौं’, राष्ट्रपति म्याक्रोनले चर्चमा भएको क्षतिबाट स्तब्धहरुलाई शान्त्वना दिँदै भनेका छन् ।

ऐतिहासिक यो चर्च निकै जीर्ण अवस्थमा पुगेको थियो । अघिल्लो वर्ष मात्रै यसको जीर्णोदारका लागि आर्थिक सहयोग जुटाइएको थियो र धमाधम काम भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment