+
+
Shares

विद्यालय भर्ना अभियानलाई सफल बनाउन शिक्षामन्त्रीको आग्रह

रासस रासस
२०७६ वैशाख ३ गते ९:०६

३ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गरेका छन् ।

सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै उनले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार आग्रह गरे ।

उनले अभियानलाई प्रभावकारी बनाउन विगतमा जस्तै सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक सङ्घसंस्था एवं उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधिसहित सिङ्गो नेपाल परिचालित हुनुपर्ने आवश्यकता औंल्याए ।

शैक्षिक सत्र ०७६ का लागि सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियानबाट विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहुने अवस्था सिर्जना गरिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर सुनिश्चित गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि विद्यार्थी भर्ना अभियान महत्वपूर्ण ढोका भएको बताए ।

यस वर्षको विद्यार्थी भर्ना अभियानसँगै सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामन्त्री पोखरेलले मन्त्रालयले १० बुँदे मार्गचित्र, २२ बुँदे कार्ययोजनासँगै हरित विद्यालय, नमूना विद्यालय, प्राविधिक विद्यालय, लक्षित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, शिक्षक तालीम, अभिभावक सचेतनाजस्ता कार्यक्रम तथा अवधारणा कार्यान्वयनसँगै साक्षर नेपाल घोषणाको तयारीसमेत भइरहेको बताए ।

विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई अभियानकै रुपमा विद्यालयमा प्रवेश गराउने कार्यक्रमका रुपमा विसं २०६१ देखि प्रत्येक वर्ष वैशाखदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदै आएको छ ।

शैक्षिकसत्र २०७६ का लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बाबालिकालाई विद्यालय पुर्याऔँ भन्ने आदर्श वाक्य चयन गरी सोमबारबाट भर्ना अभियान ०७६ शुरु भइसकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यही वैशाख १६ गतेसम्म विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस्तै हरेक वर्ष वैशाख २ गतेलाई विद्यालय भर्ना दिवसका रुपमा मनाउने निर्णय पनि गरेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?