Comments Add Comment

चिर्पटले हानेर साथीको हत्या ! दुई आरोपी ७ महिनापछि पक्राउ

३ वैशाख, सिन्धुपाल्चोक । साथीको हत्यामा संलग्नको आरोपमा प्रहरीले मेलम्ची नगरपालिकाका दुई युवालाई पक्राउ गरेको छ ।

मेलम्ची नगरपालिका–९ का नवराज थापाको २०७५ असोज २० गते भएको हत्या आरोपमा सोही ठाउँका ताहाबहादुर भण्डारी र विनोद गिरीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

‘दुवै जनाले आफुहरुले नै हत्या गरेको स्वीकारेका छन्’ जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले भने ‘साबिती बयान दिएपछि हामीले सार्वजनिक गरेका हौ ।’

यस्तो थियो घटना

पक्राउ परेका भण्डारी र गिरी घर बनाउने काम गर्थे भने मृतक नवराज थापा अलैचीको व्यापार गर्थे । असोज २० गते अलैचीको बिक्री गरेर थापा घर फर्किदा भण्डारी र गिरी पनि सँगै घर फर्किएका थिए । तीनैजनाले मादक पदार्थ सेवन गरेपछि बाटोमा सामान्य विवाद भएको थियो ।

भण्डारी र गिरीले प्रहरीसँगको बयानमा थापाले आफूहरुको अपमान गरेपछि चिर्पटले टाउकोमा हिर्काएको बताएका छन् । भुइँमा ढलेका थापालाई दुवै जनाले पेटीले घाँटीमा बाँधेर तानेर नजिकै रहेको ऐसेलुघारीमा फालेका थिए । प्रहरीले ९ दिनपछि थापाको शव भेटेको थियो ।

घटनाको ७ महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको सहयोगमा भणडरी र गिरी पक्राउ परेका हुन् । मृतकको साथमा रहेको मोबाइल लिएर भागेका भण्डारी र गिरी त्यही मोवाइलको आधारमा पक्राउ परेका हुन् । ‘पीडित पक्षले अरु लाई नै शंका गरेर जाहेरी दिएका थिए तर घटना फरक रहेछ’ मरासिनीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment