+

इ‌ंग्ल्याण्डको विश्वकप टोलीमा आर्चर परेनन्

२०७६ वैशाख  ४ गते १७:०१ २०७६ वैशाख ४ गते १७:०१
इ‌ंग्ल्याण्डको विश्वकप टोलीमा आर्चर परेनन्

४ वैशाख, काठमाडौं । पेस बलर जोफ्रा आर्चर इंग्ल्याण्डको विश्वकप खेल्ने टोलीबाट बाहिरिएका छन् ।

इंग्ल्याण्डले बुधबार १५ सददस्यीय टोली घोषणा गर्दा अरु खेलाडी भने यो वर्षको सुरुमा वेष्ट इण्डिजविरुद्ध एकदिवसीय क्रिकेट खेलेकाहरु नै परेका छन् ।

आवास परिर्वतनसम्बन्धी नियमअनुसार २४ वर्षीय आर्चरले मार्चबाट इंग्ल्याण्डका लागि खेल्न सक्नेछन् । त्यसैले उनका लागि विश्वकपका ढोका बन्द भएको छैन ।

किनकी आयरल्याण्ड र पाकिस्तानविरुद्ध खेल्ने एकदिवसीय टोलीमा उनलाई पनि राखिएको छ ।

यदि उनको प्रदर्शन राम्रो भएमा उनले ३० मेबाट घरेलु मैदानमा हुने विश्वकप खेल्न सक्नेछन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय