Comments Add Comment

प्रभु बैंकको खोलौ बैंक खाता अभियान, ‘चेतना बचत खाता’ सार्वजनिक

४ वैशाख, काठमाडौं । नयाँ वर्षको अवसर पारेर नेपाल सरकारले घोषणा गरेको ‘खोलौ बैंक खाता’ अभियानलाई मध्यनजर गर्दै प्रभु बैंकले नयाँ योजना सार्वजनिक गरेको छ ।

बुधबार बैंकले पत्रकार सम्मेलन गरेर सो अभियान अन्तर्गत ‘चेतना बचत खाता’ नामको योजना सार्वजनिक गरेको हो । अभियान अन्तर्गत नै सार्वजनिक गरेको उक्त खातामा प्रभुले एक सय रुपैयाँ आफैंले जम्मा गरिदिनेछ ।

उक्त खातामा वार्षिक ५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । यसका साथै यस खातामा एक वर्षका लागि निःशुल्क भिसा कार्ड उपलब्ध गराउने र एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट दिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जानकारी दिए ।

ब्याज अनुदानसहितको सहुलियत कर्जा

ब्याज अनुदानसहितको सहुलियत कर्जासमेत उपलब्ध गराउने बैंकले जनाएको छ । सरकारी योजना र राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम ७ शिर्षकमा ब्याज अनुदानसहितको कर्जा उपलब्ध गराइने सीईओ शेरचनले बताए ।

श्रमशिल नामको कर्जा व्यवसायिक कृषि तथा पशुपंक्षी विकासका लागि, उज्वल कर्जा शैक्षिक बेरोजगारका लागि, उजेली कर्जा महिला उद्यमशिलताका लागि, कर्मवीर नामक कर्जा दलित समूदाय व्यवसाय विकासका लागि, ज्ञान कर्जा उच्च र प्राविधिक शिक्षाका लागि साथै भूकम्पपीडितका लागि साहसी कर्जा उपलब्ध गराइने उनले बताए ।

यस्ता कर्जाहरुमा ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि अनुसार ब्याज अनुदान उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment