Comments Add Comment

बिहीबारदेखि नविल ब्यालेन्स फन्ड–२ मा आवेदन दिन पाइने

४ वैशाख, काठमाडौं । नविल बैंकले पुँजी बजारमा सामूहिक लगानीका लागि ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको छ । पुँजी बजारमा लगानी गर्न समस्या भईरहेका बेला सो बैंकले ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो फण्डका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले पुँजी बजारमा लगानीको अभाव हुन नदिन सो योजना ल्याइएको जानकारी दिए ।

यो योजनाका लागि बिहीबार (भोली) बाट आवेदन माग गरिएको छ । माग गरिएको योजनाको रकम भन्दा बढि आवेदन प्राप्त भएमा छिटोमा यही वैशाख ९ गते भित्र निष्काशन कार्य बन्द गरिने पनि फन्डले जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले यस योजनामा न्यूनतम १ हजारदेखि अधिकतम १२ करोडसम्म लगानी गर्न सक्ने व्यवस्था पनि गरिएको फन्डका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

यस योजनामा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले आफ्नो सेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछन् र विवरण पुस्तिका प्राप्त गर्न नविल बैंकको तोकिएको शाखा कार्यालयहरु वा नबिल इन्भेष्टमेन्ट बैकिंङ लिमिटेडको कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment