+
+
Shares

यातायात समितिलाई कम्पनीमा लैजान सहजीकरण समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ५ गते १७:२५

५ वैशाख, काठमाडौं । यातायात समितिलाई कम्पनीमा लैजान गर्नुपर्ने सहजीकरणका लागि सरकारले सात सदस्यीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिलाई १५ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

समितिमा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार, गृह मन्त्रालयका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव बसन्त भण्डारी छन् ।

बुधबार बसेको समितिको पहिलो बैठकमा समितिमा भएका सवारी साधनलाई सहज ढंगले कम्पनीमा लैजानेबारे प्रारम्भिक छलफल भएको थियो ।

वैशाखमा नै सिन्डिकेट अन्त्यको घोषणा गरेको सरकारले यातायात व्यवसायीहरु कम्पनीमा दर्ता गर्ने म्याद ऐन संशोधन गरेर ३ महिना लम्ब्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?