Comments Add Comment

सलिनको एक्सन हेर्दा चिनिया कलाकार जुन दंग

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘यात्रा’लाई दर्शकले मन पराएका छन् । एउटा फरक कथामा बनेको चलचित्र भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् । सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, रेअर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत, राजाराम पौडेल, धिरेन शाक्य लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् ।

चलचित्रमा केशव भट्टराई प्रस्तुतकर्ताको रुपमा छन् भने सुशिल पोख्रेल यसका निर्माता हुन् । यो चलचित्रबाट नायक सलिनमान बनियाँले राम्रो संभावना पनि देखाएका छन् । उनको अभिनयलाई रुचाउनेहरु बढेका छन् भने उनको एक्सनमा धेरै फ्यान नै भएका छन् । मंगलबार चलचित्रमा अभिनय गरेका चिनिया कलाकार जुन झाङसँग नायक बनियाँ चलचित्र हेर्न पुगेका थिए । उनले दर्शकले दिएको प्रतिक्रियाबाट आफू सन्तुष्ट रहेको सुनाए । सलिनको कामको जुनले पनि निकै तारिफ गरेका छन् । उनले सलिनको एक्सनले आफूलाई समेत चकित बनाएको बताए । सलिनले अवसर पाएको खण्डमा एक्सनमा आफूलाई प्रमाणित गर्न सक्ने बताए ।

सलिनले जुनको प्रशंसा पाएपछि मख्ख पर्दै भने–‘केही दृश्यमा म घाइते समेत भएको थिउँ । विशेषगरि खुट्टा र हातमा चोट लागेको थियो । म चलचित्रको माग अनुसार एक्सनमा काम गर्न पनि तयार छु ।’ सलिनले केही समय ब्रेक लिने र त्यसपछि राम्रो कथा आएको खण्डमा काम गर्ने पनि सुनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment