Comments Add Comment

५७ वर्षपछि टोटनह्यामको सफलता

बार्सिलोनासँग लिभरपुल, आयाक्ससँग टोटनह्याम

५ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब लिभरपुल साथै नेदरल्याण्ड्सको क्लब आयाक्स र इंग्लिस क्लब टोटनह्यामबीच खेल हुने पक्का भएको छ ।

बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलले पोर्टोलाई ४–१ ले हराएसँगै समग्रमा ६–१ को जित निकालेको हो ।

लिभरपुलको जितमा सडियो माने, मोहम्मद सलाह, रोबर्टो फर्मिनो र भर्जिल भ्यान जिकले गोल गरे । पोर्टोका लागि इडर मिलिटाओले गोल गरेका थिए ।

पहिलो लेगमा १–० ले म्यानचेस्टर सिटीलाई हराएको टोटनह्याम भने दोस्रो लेगमा ४–३ ले हारे पनि अवे गोलका कारण सेमिफाइनलमा पुग्यो ।

खेलको चौथो मिनेटमा नै रहिम स्टर्लिङको गोलमा अग्रता बनाएको सिटीविरुद्ध सातौँ मिनेटमा टोटनह्यामका सन ह्युङ मिनले गोल फर्काए । लगत्तै १० औँ मिनेटमा सनकै गोलमा टोटनह्यामले अग्रता बनायो ।

११ औँ मिनेटमा सिटीका लागि सिल्भाले गोल फर्काए । २१ औँ मिनेटमा स्टर्लिङकै गोलमा खेलमा दबाव बनाएको सिटीका लागि ५९ औँ मिनेटमा सर्जियो अग्युरोले अर्को गोल थपे । तर टोटनह्यामका लागि ७३ औँ मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै सिटीलाई च्याम्पियन्स लिगबाट बाहिर पारीदिए ।

टोटनह्यामलाई च्याम्पियन्स लिग सेमिफाइनलमा पहिलोपटक पु¥याउन उत्कृष्ट टिम गेम देखिएको थियो । यसअघि १९६२ मा युरोपियन कपकै समयमा टोटनह्याम च्याम्पियन्स लिग सेमिफाइनलमा पुगेको भए पनि आधुनिक फुटबलमा यो उपलब्धी यसैपटक मिलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment