Comments Add Comment

 कर्पोरेट मेडिटेसन तथा स्ट्रेस् म्यानेजमेन्ट प्रशिक्षण सम्पन्न

५ बैशाख, काठमाडौं । इम्प्रेसन इभेन्ट म्यानेजमेन्टले तनाव कम गर्ने उपाय सहितको दुई दिने प्रशिक्षण कार्यक्रम हालै सम्पन्न गरेको छ ।

नेपाल योगा एकेडेमिक रिट्रिट नगरकोटमा गत चैत २९ र ३० गते भएको उक्त प्रशिक्षण कार्यक्रममा बैंक, इन्स्योरेन्सलगायतका संस्थाका उच्च पदाधिकारीको सहभागिता थियो ।

कर्पोरेट मेडिटेशनः स्ट्रेस्स म्यानेजमेन्ट नाम दिइएको उक्त कार्यक्रममा योग गुरु डा. चिन्तामणि गौतमले तनाव मुक्त हुने उपाय सहितको योग प्रशिक्षण दिएका थिए ।

योग गुरु गौतमले दैनिक योगा गर्ने व्यक्तिलाई थकाइ कम लाग्ने र विहान योगा गर्दा दिनभर तनावमुक्त हुन सकिने बताए । यस्तो प्रकारको ध्यान र ट्रेनिङले कार्य कुशलता प्रभावकारी हुने र कर्मचारीहरूबाट परिणाम पनि राम्रो आउने जानकारी दिए ।

कार्यक्रमका आयोजक तथा इम्प्रेसन इवेन्ट म्यानेजमेन्टका बिजनेस डाइरेक्टर पूजा श्रेष्ठले यो मेडिटेसन कार्यक्रम सुरूअत गर्नु को प्रमुख उदेश्य तनाव् मुक्त कर्पोरेट कल्चरको विकास गर्नु रहेको बताइन् ।

जीवन बीमा कम्पनीहरुमा काम गर्नेहरुका लागि यस्तो स्ट्रेस्स म्यानेजमेन्ट ट्रेनिङ अतिनै उपयोगी हुने रहेछ भन्दै सानीमा लाईफ इन्स्योरेन्स का कर्पोरेट हेड गुण राज श्रेष्ठले आफ्नो अनुभव सुनाएका थिए ।

यस्तै अनुभव साट्ने क्रममा अटो मोबाईल क्षेत्रको प्रतिनिधित्व गर्न पाउँदा र जीवनउपयोगी स्ट्रेस्स म्यानेजमेन्ट ट्रेनिङमा सहभागी भएपछि यहाँको अर्गानिक भोजनले आफूलाई स्फुर्त बनाएको यामाहा मोटरसाइकलका म्यानेजर सन्देश कटुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment