+
+
Shares

काम नगर्ने ठेकेदारको सूची तयार पार्न सहरी विकास मन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते १६:४८

६ वैशाख, काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सम्भौता गरेर काम नगर्ने ठेकदार कम्पनीको सूची तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

शहरी विकास मन्त्रालय र अन्तर्गत निकायहरुको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै मन्त्री राईले निर्माण कम्पनीकै कारण रुग्ण भएका आयोजनाको सूची तयार गरी १५ दिनभित्रमा सार्वजनिक सूचना जारी गर्न निर्देशन दिएका हुन् ।

मन्त्री राइले रुग्ण आयोजना पहिचान गरेर सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीलाई तत्काल कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिए । मन्त्री राइले भने, ‘काम नगरेको भनेर पप्पु कन्ट्रक्सनलाई कारबाही भयो, तर झोलामा सयौं त्यस्ता काम नगर्ने कम्पनी छन् ती सवैको सूची तयार गर्नुहोस, एकै पटक सवैसँग सम्झौता रद्द गरेर कारबाही गर्नुपर्छ ।’

काम नगर्ने ठेकेदार कम्पनीलाई कानूनको दायरामा ल्याउन अन्य मन्त्रालयसँग समेत समन्वय गर्ने मन्त्री राईको भनाइ छ ।

मन्त्रालय अन्तर्गतका हरेक आयोजना र कार्यक्रमको पाक्षिक रुपमा कार्यप्रगति पेश गर्नसमेत उनले कर्मचारीलाई निर्देशन दिए । महिनाको दुई पटक मन्त्रालय अन्तर्गतका निकायले गरिरहेका काम र उपलब्धीको समीक्षा गरी कर्मचारीको कार्यसम्पादन मूल्याङकन गरिने मन्त्री राईले बताए ।

‘प्रधानमन्त्रीज्यूले मन्त्रालयगत कार्य प्रगतिको मूल्याङकन गरिरहनुभएको छ’, मन्त्री राईले भने, ‘अब मैले मन्त्रालय अन्तर्गतका सबै निकायको कार्य प्रगतिबारे पाक्षिक रुपमा मूल्याङकन गरी कर्मचारीको कार्यसम्पादन हेर्नेछु । त्यसैले नतिजामुखी भएर काम गर्नुहोस ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?