+
+
Shares

‘कलंक’लाई खराब प्रतिक्रियाको असरः पहिलो दिन उच्च व्यापार, दोश्रो दिन सुख्खा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते १४:१३

चलचित्रको वर्ड अफ माउथ नकारात्मक भएपछि त्यसको असर बक्स अफिसमा कतीसम्म पर्छ भन्ने बुधबारदेखि रिलिज भएको चलचित्र ‘कलंक’बाट देखिएको छ । यसअगाडि देखिएका केही स्टारको चलचित्रको जस्तै यसको व्यापारको उछाल पनि निकै तल झरेको छ ।

चलचित्रको व्यापार बुधबार २१.६० करोड थियो । यो बर्ष बम्पर ओपनिङ गर्ने पहिलो चलचित्र बनेको छ ‘कलंक’ । तर, दोश्रो दिन चलचित्रको व्यापार निकै तल झरेको छ । दोश्रो दिन अर्थात बिहिबार चलचित्रले ११.४५ करोडको कमाई गरेको छ । पहिलो दिनको तुलानामा दोश्रो दिनको कमाई ४६.९९ प्रतिशतले कम हो ।

चलचित्रलाई दर्शक र समिक्षकले ‘निराशाजनक’ भनेपछि यसको वर्ड अफ माउथ कमजोर देखिएको हो । जसको कारणले गर्दा दोश्रो दिन चलचित्रको व्यापार खस्किएको छ । ५ दिनको विकेन्ड कलेक्शनले चलचित्रलाई केही मात्रामा राहत दिएपनि सोमबारबाट भने चलचित्रको व्यापार एक अंकमा झर्ने पक्का छ । यसैले चलचित्रले सय करोडको आँकडा छुन पनि मुस्किल पर्ने बलिउड पण्डितहरुले बताएका छन् ।

पहिलो दिन चलचित्रको हाइप, कलाकार र ब्यानरका कारण पनि चलचित्रले यो खालको ओपनिङ गरेको हो । चलचित्रमा बरुण धवन, आलिया भट्ट, सोनाक्षी सिन्हा, आदित्य रोय कपुर, संजय दत्त, मादुरी दिक्षित लगायतको मुख्य भूमिका छ । करण जोहरले यो चलचित्रको निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?