Comments Add Comment

उमरी गुफाको संरक्षणका लागि कपिलवस्तुमा महायज्ञ

६ वैशाख, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका शिवपुरको पबित्र धर्मिक स्थल उमरीगुफामा बैशाख ७ गतेबाट बिष्णु पुराण अनुष्ठान तथा श्रीमद्भागवन महायज्ञको तयारी पुरा भएको छ ।

महायज्ञ सम्पादन मुल समितिले पत्रकार सम्मेलनगरी शनिबारबाट हुने महायज्ञको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

धर्म संस्कृतिको संरक्षण र सम्बर्धन र जर्गेना गर्नुका साथै धार्मिक स्थल उमरी गुफाको संरक्षण र बिकासको गर्ने उदेश्यका साथ बैशाख ७ गते देखि १६ गतेसम्म महायज्ञ गर्ने लागिएको यज्ञ सम्पादन मुल समितीका अध्यक्ष बिष्णु रायमाझीले जानकारी दिए ।

यस्तै महायज्ञबाट संकलन गरिएको रकमबाट उमरिमै राममन्दिर निमार्णको साथै उमरीगुफाको संरक्षरण गरिने आयोजक समितिका सदस्य गुणनिधीले घिमिरे बताए।

महायज्ञ सञ्चालनको लागि जननी जनसेवा ट्रस्ट कपिलबस्तुको सहकार्य रहेको छ । महायज्ञमा कपिलवस्तु सहित आर्घाखाची, दाङ्ग लगायत छिमेकी मुलुक भारतको करिब हजरौ भक्तजनले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

शनिबारबाट सुरु हुने महायज्ञको बिहान साढे ९ बजे कलसयात्रा, साढे ११ बजे उद्घाटन समारोह, ११ बजे देखि ४ बजेसम्म दैनिक कथा बाचन, प्रत्येक दिन ७ बजे देखि ९ बजेसम्म धार्मिक सन्देशमुलक कार्यक्रम तथा भजन किर्तनको कार्यक्रम रहने मूल आयोजक समितिले जनाएको छ । महायज्ञ संचालनका लागि रु ६ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment