
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ ।
त्यहाँ विस्फोट र गोली चलेको सुनिएको छ । मन्त्रालयका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयअनुसार विहान ११ः ४० बजे विस्फोट भएको सुनिएको थियो ।
सशस्त्र आक्रमणकारी र अफगान सुरक्षाफौजबीच गोली हानाहान भएको उनले बीबीसीलाई बताएका छन् ।
तालिबान र अफगान सरकारको वार्ता असफल भएको भोलिपल्ट यो घटना भएको हो । यद्यपि यसको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4