Comments Add Comment

शब्दकोशकार वसन्तकुमार शर्म्माको निधन

८ वैशाख, काठमाडौं । ‘नेपाली शब्दसागर’ शब्दकोषका लेखक एवं साहित्यकार वसन्तकुमार शर्म्माको निधन भएको छ ।

शर्म्माको ९१ वर्षको उमेरमा शनिबार चाबहिलस्थित मैजुबहाल निवासमा निधन भएको हो ।

मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पीडित साहित्यकार शर्म्मा दुई महिनादेखि निवासमै अचेत अवस्थामा थिए ।

नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उनको ‘नेपाली शब्दसागर’ शब्दकोष ०५७ चैत ३० गते प्रकाशन भएको थियो । शब्दसागरमा एक लाख २५ हजार शब्द छन् । ०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पुर्याइएको थियो ।

शर्म्मा नेपालीका साथै हिन्दी, नेवारी र संस्कृत भाषका समेत जानकार थिए । उनले अंग्रेजी, नेपाली, संस्कृतका शब्दकोशमा नयाँ शब्द प्रविष्ट गराउनुका साथै अनुवाद साहित्यमा पनि उल्लेख्य योगदान दिएका छन् ।

यसैबीच शर्म्माको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । उनको निधनले नेपाली भाषा साहित्यका क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment