Comments Add Comment

‘सरकारले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गर्‍यो’

८ वैशाख, इलाम । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाविन्द आचार्यले लोकतन्त्रको पहरेदार पत्रकारलाई सरकारले दुःख दिने काम गरेका बताएका छन् ।

नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशको इलामस्थित श्रीअन्तुमा शुरु भएको साधारणसभालाई सम्बोधन गर्दै सरकारले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गरिरहेको आरोप लगाएका छन् ।

उनले लोकतन्त्रमा पत्रकारिता स्वतन्त्रता हुने भएपछि राजतन्त्रविरुद्ध लेखेर लोकतन्त्र गणतन्त्र ल्याएको स्मरण गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले सञ्चारमा संघीयता नआएको औल्याउँदै सरकारले अझै पनि सञ्चार जगतलाई हरेक कामका लागि सिंहदरवार वरिपरि घुमाइरहेको बताए ।

राजतन्त्र भत्काएको चौथो अंगले अहिले बँचेको पुरानो व्यवस्था पनि भत्काइदिने चेतावनी दिएका छन् । उनले स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने सबै कानुन खारेज गर्न माग गरेका छन् ।

महासंघका महासचिव रमेश विष्टले वर्तमान सरकार मिडियाका लागि राजतन्त्र जत्तिकै निरंकुश भएकोले सरकारलाई मिडियाविरुद्ध नलाग्न आग्रह गरेका छन् ।

संघीयतापछि बनेको पत्रकार महासंघको प्रदेश समितिको यो पहिलो साधारणसभा हो । १ नम्बर प्रदेशको साधारणसभाको उद्घाटन पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरेका छन् ।

उनले पत्रकारको अधिकार कटौति नहुने बताएका छन् । संविधानले दिएको अधिकार कार्यान्वयन हुने बताउँदै संविधान खुम्च्याउने काम नगर्न सरकारलाई सचेत गराएका छन् ।

परिवर्तनमा पत्रकारको योगदान भुल्न नहुने भन्दै खनालले उपलब्धीमाथि हेल्चेक्राईं गर्न नहुने जिकिर गरेका छन् ।

उनले भने, ‘संविधान खुम्च्याउने काम भयो भने त्यसविरुद्ध आन्दोलनमा उत्रिनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment