Comments Add Comment

आवरणमा भीआईपी सवार गाडी, वास्तविकतामा गाँजा तस्करी !

८ बैशाख, हेटौंडा । भारतको ‘क्राइम चेक अग्नाइजेसन’ को सचिव उल्लेख गरिएको प्लेट कारमा टाँसेर लागूऔषध तस्करले गाँजा तस्करी गर्ने गरेको खुलेको छ । प्रहरीलाई झुक्याउन तस्करले यो विधि अपनाउन थालेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले यसअघि ट्रक, ट्याङ्कर, एम्बुलेन्स र कारमा फल्सबटम बनाएर गाँजा तस्करी गर्दै गरेको अवस्थामा थुप्रै अपरेशन चलाइसक्यो । तर, हालै प्रहरीले भीआईपी गाडीको आवरणमा गाँजा तस्करी हुने नयाँ शैली भेट्टाएको हो । यसरी गाँजा तस्करी गर्दागर्दै प्रहरीले भारत विहारका अमरजित सिंहलाई पक्राउ गरेको छ ।

उनले चलाएको बिआर ३१ एम ५०५१ नम्बरको कारलाई पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा, तीनताप्केमा चेकजाँच गर्ने क्रममा ४८ किलो ८ सय ग्राम गाँजा भेटिएको मकवानपुरका एसपी मुकेशकुमार सिंहले बताए ।

सिंहका अनुसार उनले कारको पछिल्लो भागमा सिटमुनि फल्स बटम बनाएर गाँजा लुकाएका थिए । गाँजासहित पक्राउ परेका सिंहलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार २ देखि १० बर्षसम्म कैद र १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना र कारसमेत जफत हुनसक्छ ।

पछिल्लो दुई महिनामा ३ वटा भारतीय सवारीबाट लागुऔषध गाँजा तस्करी हुँदाहुँदै प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment